दमक गोल्डकपको उपाधीका लागि भोली पुलिस र मनाङ भिड्दै , समापन कार्यक्रममा पुर्वप्रधानमन्त्री ओली आउने — OSNepal

दमक गोल्डकपको उपाधीका लागि भोली पुलिस र मनाङ भिड्दै , समापन कार्यक्रममा पुर्वप्रधानमन्त्री ओली आउने

LC (KTM) March 31, 2022 0

झापा दमकमा जारी दमक गोल्ड कपको उपाधीका लागि नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदि क्लब मैदानमा उत्रिदैछन् । दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।पुलिस सेमिफाइनलमा गोर्खा ब्वाइज लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मनाङ मर्स्यादि सेमिफाइनलमा माने भञ्ज्याङ दार्जीलिङ लाई हराएको थियो ।

बिहीबार दमक ३ स्थित खेल मैदानमा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका छन् । पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले आफ्नो टिममा आफ्नै खेलाडी भएको कारण टीम को तालमेल मिल्ने भएकाले जित निकाल्न सहज हुने बताए ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आफू सग राम्रो खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले अघिलो दमक गोल्ड कपमा उपविजेतामा चित्त बुझाएकाले यसपटक भने आफूहरुले जित निकाल्ने बताए । यसअघि २०७५ मा भएको दमक गोल्डकपको उपाधि पुलिसले जितेको थियो भने मनाङ उपविजेतामा चित्त बुझाएको थियो । खेलाडी लाई हौसला प्रदान गर्न प्रि म्याच कन्फ्रेन्समा पुगेका दमक नगपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीले दमक लाई खेलको हब बनाईने बताउँदै दुवै टिमलाई शुभकामना दिएका थिए ।

शुक्रबारको फाइनल खेल समापनको लागि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउने आयोजकले जनाएको छ । दोश्रो संस्करणको दमक गोल्डकपको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर