एमाले लमजुङको बैठक : पूरै पालिका जित्ने गरि लाग्ने निर्णय — OSNepal

एमाले लमजुङको बैठक : पूरै पालिका जित्ने गरि लाग्ने निर्णय

LC (KTM) April 01, 2022 0

लमजुङ-नेकपा एमाले जिल्ला कमिटी लमजुङको दोस्रो बैठक स्थानीय निर्वाचनमा केन्द्रीत हुँदै जिम्मेवारी बाँडफाँटसहित सकिएको छ । बिहीबार बेसीशहरमा बसेको बैठक निर्वाचनमा केन्द्रीत हुँदै जिम्मेवारी बाँडफाँट गरेर सम्पन्न भएको हो ।

नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षता, केन्द्रीय सदस्य एवं लमजुङ ईन्चार्ज मायानाथ अधिकारी ,केन्द्रीय सदस्य एवं लमजुङ सह–ईन्चार्ज जमीन्द्रमान घलेको उपस्थीतिमा भएको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पूरै वडा र पालिका जित्नेगरी योजना बनाएको छ ।

बैठकले जिल्ला कमिटीका सदस्यको जिम्मेवारी समेत बाडँफाँट गरेको छ ।जिम्मेवारी अनुसार अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई संगठन विभाग प्रमुख तथा राईनास नगरापलिकाको ईन्चार्ज, उपाध्यक्ष यशोदा रिमाललाई बित्तिय कोष तथा व्यबस्थापन विभाग तथा बेसीशहरको इन्चार्ज, सचिव शुभाष पौडेललाई कार्यालय, जनसंगठन समन्वय संयन्त्र तथा मध्यनेपाल नगरपालिकाको इन्चार्ज, उपसचिव जितबहादुर गुरुङलाई मस्र्याङ्दी र दुधपोखरीको इन्चार्ज, उपसचिव जनकराज मिश्रलाई बुद्धिजिवि परिषद तथा सुन्दरबजार नगरपालिकाको इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

बैठकले स्थानीय विभाग प्रमुखमा लोकराज पाण्डे, युवा इन्चार्जमा हिरालाल विश्वकर्मा, विद्यार्थी ईन्चार्जमा जुन तामाङलाई जिम्मेवारी दिएको छ । एमाले बैठकले १ सय १२ जना जिल्ला कमिटीका सदस्य सबैको जिम्मेवारी तोकेको छ ।

नेकपा एमालेको २३ वटा विभाग र २२ वटा जनवर्गिय संगठन रहेका छन् । यहि चैत २८ गते सबै पालिकाको बैठक बसेर उम्मेद्वार सिफारिश गर्ने, त्यो भन्दा अगाडी वडाको टुङ्गो लगाउने, अगामी बैशाख २ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बेसीशहरमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने र एमालेको सबै शक्ति स्थानीय निर्वाचनका लागि केन्द्रीत गर्ने बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर