बास्केट बल खेल्न औधी रुचाउने फेसन क्वीनको रुपमा परिचित नायिका सोनम कपुर हुन् मधुमेहको रोगी ! — OSNepal

बास्केट बल खेल्न औधी रुचाउने फेसन क्वीनको रुपमा परिचित नायिका सोनम कपुर हुन् मधुमेहको रोगी !

LC (KTM) June 09, 2021 0

काठमाडौं-बलिउड नायिका सोनम कपुरले शुक्रबार आफ्नो जन्मदिन मनाइरहेकी छिन्। नायक अनिल कपुर पुत्री उनी बलिउडका टप नायिका मध्येमा पर्छिन्। फिल्म नीरजानमा उत्कृष्ट अभिनय गरेका कारण उनले भारतको नेसनल अवार्ड पनि हात पारीसकेकी उनले थुप्रै फिल्ममा सफल अभिनय गरेकी छन् । अनिल कपुर पुत्री हुन्।

तर उनले एक वेट्रेसका रूपमा पनि काम गरेकी छिन् भन्ने थाहा पाउँदा जोकोहीलाई पनि आश्चार्य लाग्न सक्छ। भारतीय सञ्चार माध्यमका अनुसार उनी जब १५ वर्षकी थिइन्, आफ्नो पकेट मनिका लागि वेट्रेसका रुपमा काम गरेकी थिइन्। धेरै कम मानिसहरुलाई मात्र थाहा छ कि सोनम मधुमेहको रोगी हुन्। उनी नायिका मात्र होइनन्, राम्रो कथ्थक नृत्यगंना र शास्त्रीय नृत्यंगना पनि हुन्।

उनी बास्केट र रग्बी खेल मन पराउँछिन्।सोनमले सन २००७ मा सञ्जय लिला भंसालीको पिल्म सांवरीयामा रणवीर कपुरको अपोजिट भूमिकाबाट डेब्यु गरेकी थिइन्। तर फिल्म बक्स अफिसमा भने फ्लप भएको थियो। उनको चर्चा भने नीरजाबाट भएको थियो । बलिउडमा उनी फेसन क्वीनको रुपमा परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर