भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवालाई भीम रावलको सुझाव — OSNepal

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवालाई भीम रावलको सुझाव

LC (KTM) April 01, 2022 0

काठमाडौ १८ चैत । नेकपा एमालेका सांसद डा भीम रावलले तिन दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमणका क्रममा नेपालको हितमा दृढताका साथ कुरा राख्न आग्रह गरेका छन् ।

नेता रावलले आफ्नो देश र जनताका हितमा कुरा गर्नु कुनै अरूको विरोध होइन भन्ने हेक्का रहोस् समेत देउवालाई भनेका छन् । लिम्पियाधुरा ,कालापानी र लिपुलेकको विषयमा कुरा गर्न आग्रह समेत गरेका छन् ।

‘देशले आफ्नो राष्ट्रिय स्वाधीनता र हितलाई सर्वोपरि राखे झैं प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा नेपालको हितमा दृढताका साथ कुरा राख्नसक्नु पर्छ।आफ्नो देश र जनताका हितमा कुरा गर्नु कुनै अरूको विरोध होइन भन्ने हेक्का रहोस्। ‘ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर