भीम रावलको सरकारमाथि प्रश्न : सरकार राष्ट्रिय स्वाधीनताको मूल्यमा भिक्षाटनमा नै व्यस्त हो ? — OSNepal

भीम रावलको सरकारमाथि प्रश्न : सरकार राष्ट्रिय स्वाधीनताको मूल्यमा भिक्षाटनमा नै व्यस्त हो ?

LC (KTM) April 01, 2022 0

काठमाडौं १८ चैत । नेकपा एमालेका सांसद डा. भीम रावलले सरकार के गर्दै छ भन्दै सरकारमाथि प्रश्न गरेका छन् ।

सिटामोल उत्पादनमा, स्वीकृति नलिएका गर्भ निरोधक र पतन गराउने औषधीको बिक्री वितरणमा र अस्पताल,रेल मार्ग र सडक निर्माण र राजस्व असुलीमा अनियमितता र भ्रष्टाचार एवं अनुत्पादक फजुल खर्च बढेका समाचार आइरहेको भन्दै उनले सरकारमाथि प्रश्न गरेका छन् ।

राष्ट्रिय स्वाधीनताको मूल्यमा भिक्षाटनमा नै व्यस्त भएको कि सरकार भन्दै उनले अर्को प्रश्न गरेका छन् । नेता रावलले समाजिक सञ्जाल माफृत यस्तो बताएका हुन् ।

उनले भनेका छन् , ‘सिटामोल उत्पादनमा, स्वीकृति नलिएका गर्भ निरोधक र पतन गराउने अ‍ौषधीको बिक्री वितरणमा र अस्पताल,रेल मार्ग र सडक निर्माण र राजस्व असुलीमा अनियमितता र भ्रष्टाचार एवं अनुत्पादक फजुल खर्च बढेका समाचार आइरहेका छन्।सरकार के गर्दै छरु राष्ट्रिय स्वाधीनताको मूल्यमा भिक्षाटनमा नै व्यस्त हो?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर