अपराजित यात्रा संगै नेपाल त्रिकोणात्मक टी ट्वान्टी सिरिजको फाइनलमा — OSNepal

अपराजित यात्रा संगै नेपाल त्रिकोणात्मक टी ट्वान्टी सिरिजको फाइनलमा

LC (KTM) April 02, 2022 0

नेपाल त्रिकोणात्मक टी ट्वान्टी सिरिजको फाइनल प्रबेश गरेको छ । सिरिज अन्र्तगतको अन्तिम खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल प्रेबश गरेको हो । नेपालको अपराजित यात्राले फाईनल सम्म साथ दिएको छ । त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमै अलआउट हुन पुग्यो ।

मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रनको योगदान दिए । आक्रामक इनिङ खेलेका भिरनदीपले २६ बलमा ९ चौका प्रहार गरेका थिए । कमल सिंह ऐरीको बलमा भिरनदिपले फ्लिक गरेको बल डिप मिडविकेटमा आसिफ शेखले उफ्रेर क्याच गर्दा अर्धशतकबाट ३ रनले पछि परे । मलेसियाका ओपनर जुबाईदी जुल्कफ्ले कमलको बलमा डक भए । कप्तान आहमद फैजले ३१ बलमा ३ चौका प्रहार गर्दै ३३ रन बनाए । सेइद अजिजले १३ बलमा १७ रन बनाउँदा शर्भिन मुनियडी १ रनमा रनआउट भए ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे । कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले आफ्नो टी ट्वान्टी अन्तर्राष्ट्रीय करियरमा समान १र१ विकेट लिँदै पहिलो विकेट लिन सफल भए। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २ सय २३ रनको योगफल तयार पारेको थियो । दिपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठुलो स्कोर बनाएको थियो ।

दिपेन्द्रले अविजित रहदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । टी ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पूरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो । यस्तै दिपेन्द्र टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

रोहित पौडेलले समेत टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक पूरा गरे । रोहितले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए । ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए । आदील अन्सारी ९ बलमा १ छक्का प्रहार गर्दै अन्तिम बलमा १४ रन जोडेर रन आउट भए ।

मलेसियाका मुहमद वाफिक, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहमद अमिरले १र१ विकेट लिए । सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्ष स्थानबाट फाइनल पुगेको छ । मलेसिया पराजित भएसँगै सिरिजबाट बाहिरियो ।
फाइनलमा नेपाल र पपुवा न्युगिनी पीएनजी खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर