त्रिकोणात्मक टी ट्वान्टी सिरिज अन्र्तगत मलेसिया बिरुद्धको खेलमा दिपेन्द्र सिंहको चमत्कार , प्लेयर अफ द म्याच पाउन सफल — OSNepal

त्रिकोणात्मक टी ट्वान्टी सिरिज अन्र्तगत मलेसिया बिरुद्धको खेलमा दिपेन्द्र सिंहको चमत्कार , प्लेयर अफ द म्याच पाउन सफल

LC (KTM) April 02, 2022 0

त्रिकोणात्मक टी ट्वान्टी सिरिजको आजको खेलमा नेपालका खेलाडी दिपेन्द्र सिंह ऐरीले आज चमत्कार देखाएका छन् । सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालका दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए । उनी आजको खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । त्रिवि क्रिकेट मैदानमा नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र प्लेयर अफ द म्याच चुनिएका हुन् ।

मलेसियाविरुद्ध आक्रमक ब्याटिङ गरेका दिपेन्द्रले अविजित रहदै १ सय १० रन बनाएका थिए। टी ट्वान्टी अन्तराष्ट्रियमा दिपेन्द्रको यो पहिलो शतक हो । दिपेन्द्र टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका चौथो खेलाडी बन्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर