लगातार दोस्रो जित संगै राजस्थान आईपीएलको शीर्षस्थानमा — OSNepal

लगातार दोस्रो जित संगै राजस्थान आईपीएलको शीर्षस्थानमा

LC (KTM) April 02, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएलमा आज भएको खेलमा राजस्थान रोयल्स बिजयी भएको छ । उसले लिगमा यो लगातार दोस्रो जित निकालेको हो । राजस्थानले आज भएको खेलमा मुम्बई इन्डियन्सलाई २३ रनको अन्तरले हराएको हो । लिगमा राजस्थानले दोस्रो जित निकाल्दा मुम्बईले लगातार दोस्रो हार ब्यहोरेको छ । आजको यो जित संगै राजस्थान लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गरेको राजस्थानले जस बटलरको शतकिय मद्दतले आठ विकेटमा १ सय ९३ रन बनाएको थियो । लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि ईसान किसनले ५४ र तिलक वर्माले ६१ रन बनाए पनि तर यो हार जोगाउन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर