अघि बढ्ला पञ्चेश्वर ? — OSNepal

अघि बढ्ला पञ्चेश्वर ?

LC (KTM) April 03, 2022 0

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तीव्र गतिले अगाडि बढाउनुपर्नेमा जोड दिइएको बताएका छन् ।प्रधानमन्त्रीस्तरीय भेटमा पञ्चेश्वर बहुद्देश्यीय परियोजनाबारे चर्चा चलेको यो पहिलोपटक भने होइन ।दुई दशकयता नेपालका प्रधानमन्त्रीहरू भारत जाँदा वा भारतीय प्रधानमन्त्रीहरू नेपाल आउँदा सो परियोजनाबारे चर्चा हुँदै आएको छ। तर परियोजनाले अहिलेसम्म खासै गति लिन सकेको छैन ।

२६ वर्षअघि अर्थात् २०५२ साल माघ २९ गते नेपाल-भारत सरकारबीच बहुचर्चित महाकाली सन्धि सम्पन्न भएको थियो। सोही सन्धिभित्रको एउटा महत्त्वपूर्ण अंगका रूपमा पञ्चेश्वर परियोजना हो।
उक्त सन्धिमा दुवै देशको लगानीबाट बन्ने पञ्चेश्वर परियोजनाअन्तर्गत महाकाली नदीमा ३ सय १५ मिटर अग्लो बाँध बाँधेर बिजुली उत्पादन गर्ने र दुवै देशमा सिँचाइ सुविधा पुयाउने लक्ष्य छ।

परियोजनाबाट ६ हजार ७ सय २० मेगावाट विद्युत् निकाल्ने सकिने जनाइएको छ। यसैकारण महाकाली सन्धिका पक्षधरहरू ‘परियोजना बनेपछि पश्चिमबाट सूर्य उदाउँछ’ भनेर भन्छन्।
आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर