१ लाख नजिक पुगेको सुनको मूल्य आज भने घट्यो, कतिमा भइरहेको छ कारोबार ? — OSNepal

१ लाख नजिक पुगेको सुनको मूल्य आज भने घट्यो, कतिमा भइरहेको छ कारोबार ?

LC (KTM) April 03, 2022 0

काठमाडौँ, २० चैत – सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ ।

शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर