नेपालमा कोरोना संक्रमतिको संख्या घट्ने क्रम जारी, आज थप २३ जनामा संक्रमण पुष्टि — OSNepal

नेपालमा कोरोना संक्रमतिको संख्या घट्ने क्रम जारी, आज थप २३ जनामा संक्रमण पुष्टि

LC (KTM) April 03, 2022 0

काठमाडौं २० चैत । नेपालमा कोरोना संक्रमतिको संख्या दिनहुँ घट्ने क्रममा छ भने मृतकको संख्या पनि केहि दिन यता शुन्य रहेको छ । पछिल्लो २४ घण्टमा नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६६ जना संक्रमण मुक्त भएका छन्। मृतकको संख्या शुन्य रहेको छ ।

हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर