इन्टर मिलानले युभेन्ट्सलाई हरायो — OSNepal

इन्टर मिलानले युभेन्ट्सलाई हरायो

LC (KTM) April 04, 2022 0

काठमाडौं, २१ चैत – हाकान कालहानोग्लुको निर्णायक गोलमा इन्टर मिलानले इटालीयन सिरी ए मा युभेन्ट्सलाई १-० अन्तरले पराजित गरेको छ ।

आइतबार राति टुरिनमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा हाकानले पेनाल्टीमा गोल गरे ।

बाकी समय दुबै टोलीबाट गोलका प्रयास भएपनी सदुपयोग हुन सकेन ।

जितपछि इन्टर ३० खेलबाट ६३ अंक बनाउदै तेस्रो स्थानमा छ । ३१ खेलबाट ५९ अंक बनाएको युभेन्ट्स चौथो स्थानमा छ ।

लिगको शीर्ष स्थानमा भने एसी मिलानलाई पछि पार्दै नापोली रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर