माधव नेपालसहित चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ गते हुने — OSNepal

माधव नेपालसहित चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ गते हुने

LC (KTM) April 04, 2022 0

काठमाडौँ-सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो ।

यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेपछि आज सुनुवाइ हुन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर