क्रिकेट फाइनल : नेपाल टस हारेर ब्याटिङ गर्दै, सोमपाल फर्किए — OSNepal

क्रिकेट फाइनल : नेपाल टस हारेर ब्याटिङ गर्दै, सोमपाल फर्किए

LC (KTM) April 04, 2022 0

काठमाडौं, २१ चैत-त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍याे।नेपालले शृंखलाको लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो । नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर