भीम रावलको गृह जिल्ला अछाममा सरकारमा सहभागी तिन दलले चुनावी गठबन्धन गर्ने — OSNepal

भीम रावलको गृह जिल्ला अछाममा सरकारमा सहभागी तिन दलले चुनावी गठबन्धन गर्ने

LC (KTM) April 04, 2022 0

काठमाडौं २१ चैत । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा अछाममा पनि तिन दलहरुले गठवन्धन गर्ने भएका छन् ।

सरकारमा सहभागी नेपाली कांग्रेस , माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले आगामी निर्वाचनमा अछामका १० वटै स्थानीय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेका नेता भीम रावलको गृह जिल्ला रहेको अछाममा तीन दलको गठवन्धनले अब एमालेलाई अप्ठ्यारो बनाउने भएको छ ।

कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रबिन्द्र साउँद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराई संयुक्त विज्ञप्ती जारी गरेर गठवन्धनको विषयमा जानकारी गराएका हुन् ।

स्थानीय तहका कमिटी र कार्यसमितिहरुलाई गठबन्धनको मर्म र भावना अनुसार अघि बढ्न अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर