अहिले पहिलो नम्बरमा रहेको एमाले अब बहुमतसहित पहिलो हुन्छ : रामबहादुर थापा — OSNepal

अहिले पहिलो नम्बरमा रहेको एमाले अब बहुमतसहित पहिलो हुन्छ : रामबहादुर थापा

LC (KTM) April 04, 2022 0

काठमाडौं २१ चैत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अहिले एक नम्बर भएको पार्टी चुनाव पछि पनि पहिलो नम्बर हुने दावी गरेका छन् ।

सोमबार धादिङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले एमालेले एक्लै बहुमत ल्याउन सक्ने दावी गर्दै यस्तो बताएका हुन् ।

‘एमाले पहिलो नम्बर त अहिले पनि छ । अब बहुमतसहित पहिलो हुने लक्ष्य छ । हाम्रो विश्लेषणमा सम्भव छ । एमालेको पक्षमा देखिएको जनउभार यसको आधार हो,’ थापाले भने ।

उक्त पत्रकार सम्मेलनमा नेता थापाले मुलुकमा अहिले कांग्रेसको नेतृत्वमा दक्षिणपन्थी र एमालेको नेतृत्वमा देशभक्त गठबन्धन भएको भन्दै देशको राजनीति दुई ध्रुवमा केन्द्रित भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर