...उसो भए म कम्युनिस्ट होइन : ओली — OSNepal

…उसो भए म कम्युनिस्ट होइन : ओली

LC (KTM) April 04, 2022 0

काठमाडौं २१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको बताएका छन् ।

सोमबार प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसनको कार्यक्रममा सहभागी भएका ओलीले म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् भन्दै यस्तो बताएका हुन् ।

‘यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’ उनले भने ।

उक्त कार्यक्रममा प्रचण्डमाथि चर्को आलोचना गरेका ओलीले आफु शान्तिको पक्षमा भएको दावी गर्दै प्रचण्ड देशमा द्वन्द्व मच्चाउने व्यक्ति भएको बताएका छन् ।

‘उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि बढाउनुपर्छ भन्छु ।कसरी हुन्छ ? ‘ ओलीले थपे ।

आफुले बलपुर्व माओवादीलाई एकतामा ल्याएको दावी गरेका ओलीले भने, ‘अब त ठीकै भयो होला भनेर यसो छोडेको त गुरुरु ‘टाप ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर