जुम्लाका ७७ क्षेत्रमा कृषि गणना गरिँदै, २६ गणक खटाइने — OSNepal

जुम्लाका ७७ क्षेत्रमा कृषि गणना गरिँदै, २६ गणक खटाइने

LC (KTM) April 04, 2022 0

जुम्ला- जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा कृषि गणना हुने भएको छ ।
जिल्ला कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० स्थानमा कृषि गणना गरिने छ । सिञ्जा गाउँपालिका र पातारासी गाउँपालिकाका नौ स्थानमा गणना गरिनेछ । सबैभन्दा कम सात स्थानमा गुठीचौर गाउँपालिकामा कृषि गणना हुने छ । यसका लागि २६ गणक खटाइने छ ।

आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म कृषि गणना गरिने छ । गणकले कृषकका भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, बीउको प्रयोगबारे तथ्याङ्क लिने छन् । यस्तै गणकले कृषि सामग्री र औजारको उपयोग, पशुपक्षीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायतबारे तथ्याङ्क सङ्कलन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर