नेपाली क्रिकेट टोलीका ब्याटर दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी — OSNepal

नेपाली क्रिकेट टोलीका ब्याटर दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी

LC (KTM) April 04, 2022 0

काठमाडौं, २१ चैत-नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । यसक्रममा उनले दुई अर्धशतक र एक शतक बनाएका थिए ।

बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए । उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए ।शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँँच सय डलर प्राप्त गरे ।सोमबार सम्पन्न फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित शृंखलाको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर