वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज, डाक्टरले दिए यस्तो सल्लाह ! — OSNepal

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज, डाक्टरले दिए यस्तो सल्लाह !

LC (KTM) June 09, 2021 0

काठमाडौं-वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार बिहान डिस्चार्ज गरिएको हो । अचानक मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा राम्रो सुधार आएको कारण श्रेष्ठलाई बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरिएको बताइएको छ । दुई सातापछि फेरि रेगुलर फलोअपका लागि भने डाक्टरले बोलाएको उनका छोरो यमन श्रेष्ठले बताए । उनले बुवालाई ‘डाक्टरले करिब एक महिना रेष्ट गर्न सल्लाह दिएको बताए । श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ ।

एन्जियोप्लास्टीपछि स्वास्थ्यमा राम्रो सुधार आएको हो ।कोरोना संक्रमण भएका कारण दुई पटक अस्पताल भर्ना भएका श्रेष्ठ अघिल्लो सातामात्र मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर