केही दिन पहिले बिहे गरेकी यामी गौतमले पहिलो पटक यो फिल्ममाअक्षय कुमारसँग काम गर्दै — OSNepal

केही दिन पहिले बिहे गरेकी यामी गौतमले पहिलो पटक यो फिल्ममाअक्षय कुमारसँग काम गर्दै

LC (KTM) June 09, 2021 0

काठमाडौं-अक्षय कुमारको आगामी फिल्म ‘ओ माई गड–२’मा अभिनेत्री यामी गौतमले काम गर्ने भएकी छन् । भारतिय मिडियाका अनुसार फिल्ममा यामी काम गर्ने पक्का भएसँगैटिमअप पूरा भएको छ ।

अब यो फिल्ममा अक्षय कुमार, यामी गौतम र पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । यामी गौतम र अक्षय कुमार पहिलो पटक स्क्रिनमा सँगै देखिने खबरसँग फ्यानहरु खुशी भएका छन् ।

फिल्म ‘ओ माई गड’मा परेश रावलको मुख्य भूमिका रहेको थियो । ‘ओ माई गड–२’ फिल्ममा निर्देशक अमित रायले फरक कथा प्रस्तुत गर्ने बताइएको छ ।यमी केही दिन पहिले बिवाह बन्धनमा बाधिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर