मन्त्री राई भन्छन् - हाम्रो प्रदेशको खेलकूदलाई कसरी हुन्छ बलियो बनाउनुपर्छ — OSNepal

मन्त्री राई भन्छन् – हाम्रो प्रदेशको खेलकूदलाई कसरी हुन्छ बलियो बनाउनुपर्छ

LC (KTM) April 05, 2022 0

प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई अब्बल बनाउनुपर्ने बताउनु भएको छ । उहाँले खेलकुद क्षेत्रको समग्र विकास आवस्यक रहेकोमा जोड दिनुभयो । सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको सपथ ग्रहण कार्यक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो ।

उहाँले नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गतिदिने गरि काम गर्न आग्रह गर्नुभयो । मन्त्री राईले भन्नुभयो,‘ काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस् ।’ सपथग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव फडिन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रदेश १ मन्त्रिपरिषद्को आज विहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की र सदस्य सचिवमा ओखलढुंगाको ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर