क्याट्रिनाको घरमा घण्टौँ बिताएर सुटुक्क बाहिर निस्किँदा समातिए नायक विक्की कौशल — OSNepal

क्याट्रिनाको घरमा घण्टौँ बिताएर सुटुक्क बाहिर निस्किँदा समातिए नायक विक्की कौशल

LC (KTM) June 09, 2021 0

काठमाडौँ । नायिका कट्रिना कैफ र नायक विक्की कौशल के साँच्चिकै प्रेममा छिन् । मिडियामा यि दुई प्रेममा रहेको चर्चा चलीरहेका बेला हालै विक्की कट्रिनाको अपार्टमेन्टमा केही घन्टा बसेर फर्किएको बताइन्छ ।

सोही बसाईबाट नै उनीहरु एकअर्का प्रेममा रहेको भन्दै भारतीय मिडियामा ब्यानर स्टोरी बनिरहेका छन् । यसैबिच लिउड नायक हर्षवर्धन कपुरले कट्रिना र विक्की प्रेममा रहेको रहस्य बाहिर ल्याई दिएका छन् । हालैको एक अन्तरवार्ताका क्रममा हर्षवर्धनले उक्त रहस्यको पर्दाफास गरेका हुन् ।

हर्षवर्धनलाई बलिउडका कुन कलाकारको प्रेम सम्बन्धलाई तपाई साँचो वा पीआरको खेल मान्नुहुन्छ भनेर सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले विक्की र क्याट्रिनाको पछिल्लो अवस्थाका बारेमा बोलेका हुन् । लामो समय सलमानसँग प्रेममा रहेकी क्याट्रिना धेरै वर्ष कसैको रिलेसनसिमा परिनन् । र अन्तत विक्कीले क्याट्रिनाको नयाँ प्रेमीका रुपमा बाजी मारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर