न्यू गन्तब्य रेष्टुरेन्टबाट यस्तो अबस्थामा समातिए १३ जना — OSNepal

न्यू गन्तब्य रेष्टुरेन्टबाट यस्तो अबस्थामा समातिए १३ जना

LC (KTM) April 06, 2022 0

भक्तपुर, २३ चैत – चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, रु आठ लाख २२ हजार ६० सहित १३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर