आईपीएलमा आज कोलकत्ता र मुम्बई भिड्दै — OSNepal

आईपीएलमा आज कोलकत्ता र मुम्बई भिड्दै

LC (KTM) April 06, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा आज बेलुका एक मात्र खेल हुँदैछ । उक्त खेलमा शाहरुख खानको कोलकत्ता नाइट राइडरर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति पौने ८ बजे बाट सुरु हुनेछ ।

कोलकत्ताले दुई खेलमा जित निकालेको छ भने आज तेस्रो जितको खोजीमा हुनेछ । कोलकत्ता मुम्बईलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ । कोलकत्ता ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मुम्बईलाई हराएमा कोलकत्ता शीर्ष स्थानमा पुग्नेछ । यता, मुम्बई पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले दुई खेलमा अंक जोड्न सकेको छैन ।मुम्बईले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो । मुम्बई आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर