शाहरुख खानको कोलकत्ता आईपीएलको शीर्ष स्थानमा , मुम्बई ५ विकेटले पराजित — OSNepal

शाहरुख खानको कोलकत्ता आईपीएलको शीर्ष स्थानमा , मुम्बई ५ विकेटले पराजित

LC (KTM) April 06, 2022 0

कोलकत्ता नाइट राइडरर्सले इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । आजको यो जित संगै कोलकत्ता लिगको शीर्ष स्थानमा उक्लिएको छ । पुनेमा बुधबार राति मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका कुमिन्सले १५ बलमा अविजित रहदै ५६ रन बनाए । अविजित रहेका भेन्काटेसले ५० रन जोडे मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिए ।त्यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो ।मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको अर्धशतकीय इनिङ खेले ।

तिलकवर्माले अविजित ३८ रन जोड्दा केइरन पोलार्डले अविजित २२ रन बनाए ।दिवाल्ड ब्रेभिस २९ रनमा आउट हुँदा इशान किशन १४ र कप्तान रोहित शर्मा ३ रनमा आउट भए ।कोलकत्ताका पाट कुमिन्सले २ विकेट लिए । उमेश यादव र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।यस जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकत्ताले ४ खेलमा ६ अंक जोडेको छ । मुम्बईको यो लगातार तेस्रो हार हो । मुम्बईले अंक जोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर