आर्थिक सूचकहरु सकारात्मक नभएको बेला सुपारी आयातमा इजाजतपत्र नदिनु अर्थतन्त्रलाई सबल बनाउनु हो : महामन्त्री थापा — OSNepal

आर्थिक सूचकहरु सकारात्मक नभएको बेला सुपारी आयातमा इजाजतपत्र नदिनु अर्थतन्त्रलाई सबल बनाउनु हो : महामन्त्री थापा

LC (KTM) April 07, 2022 0

काठमाडौ २४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको निर्देशन उपयुक्त भएको बताएका छन् ।

बुधबार समितिले सुपारी, केराउ, छोकडा, मरीचको आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । नेता थापाले संसदिय समितिले यो आर्थिक संकटको अवस्थामा गर्ने निर्देशन यस्तै हो भनेका छन् ।

आर्थिक सूचकहरु सकारात्मक नभएको बेला यस्ता निर्णयले अर्थतन्त्रलाई सबल बनाउन सकारात्मक भुमिका खेल्ने थापाको तर्क रहेको छ । अर्थतन्त्र जोखिममा पर्न थालेपछि सरकारले उपभोग्यदेखि विलासिताको वस्तु आयातमा कडाइ गर्न सुरु गरेको हो ।

महामन्त्री थापाले सामाजिक सञ्जाल मार्फत भनेका छन् , ‘प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको निर्देशन उपयुक्त छ। संसदिय समितिले यो आर्थिक संकटको अवस्थामा गर्ने निर्देशन यस्तै हो र सरकारले यस्तो निर्णय मान्नुपर्छ।’

उनले अघि भनेका छन् , ‘आर्थिक सूचकहरु सकारात्मक नभएको बेला यस्ता निर्णयले अर्थतन्त्रलाई सबल बनाउन सकारात्मक भुमिका खेल्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर