स्कुटर दुर्घटना हुँदा मलाहाको मृत्यु — OSNepal

स्कुटर दुर्घटना हुँदा मलाहाको मृत्यु

LC (KTM) April 07, 2022 0

चितवन, २४ चैत-चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी सवार रहेको बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर