चलचित्र सत्यममा महानायक राजेश हमाल नयाँ अवतारमा देखिदै — OSNepal

चलचित्र सत्यममा महानायक राजेश हमाल नयाँ अवतारमा देखिदै

LC (KTM) June 09, 2021 0

नेपाली सिनेजगतका महानायक राजेश हमाल आज बाट ५७ बर्षमा प्रबेश गरे संगै फिल्ममा समेत कमब्याक हुने भएका छन् । यो नेपाली दर्शकहरुका लागि खुशीको खबर हो । मधु संग बिबाह पछि हमाल लगभग कलाकारीता बाट अलग्गै बस्दै आईरहेका छन् ।

कहिले काहि फाट्टफुट्ट भिडियोहरुमा देखिएता पनि फिल्म भने खेलेका छैनन् । तर अब उनले सत्यम् फिल्ममा साइन गरेको बुझिएको छ । उनी यसै फिल्म मार्फत फेरी कलाकारीताको दुनियाँमा कमब्याक हुने अड्कल गर्न सकिन्छ ।

उनी संगै हाल १० वटा जति फिल्मको स्किृप्ट साथैमा रहेको पनि बताइएको छ । युग देखी युग सम्म फिल्म बाट आफ्नो अभिनयात्रा थालेका हमालले ३ सय भन्दा बढी नेपाली फिल्महरुमा अभिनय गरिसकेका छन् ।

नयाँ चरित्र र भूमिकासहित आफू अभिनयमा फर्कने तयारीमा रहेको हमालले बताए । उनी अझै पनि टेलिभिजन शो तथा समाज सेवामा भने क्रियाशिल नै रहदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर