एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा नअटाएका मिडफिल्डर बिशाल राई पुन : राष्ट्रिय टोलीमा फर्किए — OSNepal

एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा नअटाएका मिडफिल्डर बिशाल राई पुन : राष्ट्रिय टोलीमा फर्किए

LC (KTM) April 07, 2022 0

एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा नपरेका मिडफिल्डर विशाल राई फेरी राष्ट्रिय टोलीमा फर्किएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि बोलाएका २४ खेलाडीमा विशाल अटेका थिएनन् । तर अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार विशाललाई टोलीमा राखिएको जानकारी दिएको छ ।

नेपालले अप्रिल १५ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ । छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसिया विरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर