आईपीएल टी ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स संग दिल्ली क्यापिटल्स पराजित — OSNepal

आईपीएल टी ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स संग दिल्ली क्यापिटल्स पराजित

LC (KTM) April 07, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स संग दिल्ली क्यापिटल्स पराजित भएको छ । मुम्बईमा बिहीबार राति सम्पन्न खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

लखनउको जितमा क्विन्टन डी ककले ८० अर्धशतकीय इनिङ खेले । कप्तान केएल राहुलले २४ रन बनाए । कुर्नाल पान्डय अविजित १९ तथा दिपक होडाले ११ रन बनाए । दिल्लीका कुलदिप यादवले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो ।

दिल्लीका लागि पृथ्वी शले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै ऋषव पन्तले अविजित ३९ र सर्फराज खानले अविजित ३६ रन बनाए । लखनउका रवी बिशोईले २ तथा कृष्नपा गोथामले १ विकेट लिए ।जितसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ । लखनउ दोस्रो स्थानमा उक्लिएको छ ।दिल्ली ३ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर