मनाङ लाई हराउँदै सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनलमा प्रबेश — OSNepal

मनाङ लाई हराउँदै सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनलमा प्रबेश

LC (KTM) April 07, 2022 0

सगरमाथा युथ क्लब विराटचोक १२ औं संस्करणको इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा बिहीबार मनाङ मर्स्याङ्दी क्लबलाई ४- २ गोल अन्तरले हराउँदै सगरमाथा फाईनलमा पुगेको हो । दुई गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको सगरमाथाले अब उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

सगरमाथालाई जित दिलाउन आशिष लामाले २ गोल गरे । भुवन बस्नेत र आभाष लामिछानेले १-१ गोल गरे । कप्तान अञ्जन विष्टको गोलबाट खेलको २१ औं मिनेटमा मनाङले सुरुवाती अग्रता लिएको थियो । अञ्जनको फ्रिकिक प्रहारले सिधै जाली चुमेको थियो । ३० औं मिनेटमा अफिज ओलवालेले अग्रता दोब्बर बनाए ।

सुमन लामाको क्रसमा उनले वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए । पहिलो हाफको अग्रतालाई जोगाउन नसक्दा मनाङले दोश्रो हाफमा ४ गोल खाएको थियो । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले स्कुटर र उदयीमान खेलाडीले ४० इन्चको एलइडी टिभी पाउने छ । अन्य विधाका विजेताहरुले नगद १५ हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर