नाबालिग केटी लाई रेपको आरोप लागेका पर्लले गुमाए फिल्म खेल्ने अवसर , हिरासत बाहिर आएर आफ्नो पक्षमा बोल्ने अवसर दिन दिब्या खोसलाको माग — OSNepal

नाबालिग केटी लाई रेपको आरोप लागेका पर्लले गुमाए फिल्म खेल्ने अवसर , हिरासत बाहिर आएर आफ्नो पक्षमा बोल्ने अवसर दिन दिब्या खोसलाको माग

LC (KTM) June 09, 2021 0

टेलिभिजन एक्टर पर्ल पुरी रेप केसमा हिरासतमा रहेका छन् । उनको समर्थनमा कैयौ आवाजहरु उठिरहेका छन् । एकता कपुर देखी लिएर दिब्या खोसला कुमार सम्म उनको सर्पाेटमा देखिएका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो रायहरु प्रकट गरिरहेका छन् ।

यसैक्रममा दिब्या खोसलाले एउटा महत्वपुर्ण खुलासा गरेकी छिन् । उनले एउटा फिल्माम साइन गर्न लागेका थिए तर अब यो सबै खत्तम भएको खुलासा गरेकी हुन् । उनले यो गुनासो पनि गरेकी छिन् कि अदालतले दोषि ठहर नगरे उनको करियरको दोष कसले लिने भन्दै आपत्ति जनाएकी छिन् । खोसला र पुरी एक अर्कामा मिल्ने साथी समेत हुन् ।

उनले पर्लको रिहाइको माग समेत गरेकी छिन् । उनले पर्ल लाई बाहिर आएर आफ्नो पक्षमा कुरा राख्न दिनुपर्ने उनले माग गरेकी छिन् । पर्ल लाई एक नाबालिक केटीलाई रेप गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर