टाइफाइडविरुद्ध खोप दुई चरणमा — OSNepal

टाइफाइडविरुद्ध खोप दुई चरणमा

LC (KTM) April 09, 2022 0

जाजरकोट, २६ चैत – जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएकाे छ । पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएकाे छ ।

दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।

शुक्रबार कुदुबाट टाइफाइडविरुद्धकाे खोप अभियानको शुभारम्भ गरिएको थियाे । भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले खोप अभियानको शुभारम्भ गरेका थिए ।

सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ । जाजरकोटका सात पालिकाका उक्त उमेर समुहका ७६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर