रगत, पसिना र आँशु बगाएर बनाएको शाहिद कपूरको 'जर्सी' 'केजीएफ २’ सँग नभिड्ने भन्दै सारियो मिती — OSNepal

रगत, पसिना र आँशु बगाएर बनाएको शाहिद कपूरको ‘जर्सी’ ‘केजीएफ २’ सँग नभिड्ने भन्दै सारियो मिती

LC (KTM) April 11, 2022 0

एजेन्सी-बलिउड अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘जर्सी’को प्रदर्शन मिति एक सातापछि सारिएको छ। केजीएफ २’ सँग नभिड्ने भन्दै शाहिदको फिल्म सारिएको बताइएको छ ।

‘केजीएफ २’ को क्रेज उच्च देखिएपछि शाहिदको फिल्मको प्रदर्शन मिति पछि सारिएको हो।गौतम तिन्नानुरीले निर्देशन गरेको फिल्म ‘जर्सी’मा अमन गिल, दिल राजू र एस नागा वामसीको लगानी रहेको छ।

क्रिकेटको कथामा निर्माण भएको फिल्ममा शाहिदसँगै मृणाल ठाकुर र पंकज कपूरलगायतको अभिनय छ। फिल्मका निर्माता अमन गिलले रगत, पसिना र आँशु बगाएर जर्सी बनाएको यसरी बनाएको फिल्मदर्शकसामु पुग्योस् भन्ने चाहना भएको बताए ।

अप्रिल १४ मा यश अभिनित कन्नड फिल्म ‘केजीएफः च्याप्टर २’ र विजय अभिनित साउथ फिल्म ‘बीस्ट’ प्रदर्शन हुँदैछ। फिल्मको शो उच्च भएपछि फिल्म सारिएको बताइएको छ । जीएफ २’को हिन्दी भाषामा १० करोडभन्दा माथिको बुकिङ भैसकेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर