एएफसी फुटसल एसियन कप छनोटमा नेपालको अहिले सम्मकै लज्जास्पद हार , ताजिकिस्तानले ११ गोल गर्यो — OSNepal

एएफसी फुटसल एसियन कप छनोटमा नेपालको अहिले सम्मकै लज्जास्पद हार , ताजिकिस्तानले ११ गोल गर्यो

LC (KTM) April 11, 2022 0

एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आफ्नो पराजित यात्रालाई कायमै राखेको छ । नेपालले लगातार दोस्रो पराजय भोगेको छ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा सोमबार ताजिकिस्तानसँग ११-१ गोलको लज्जास्पद हार ब्यहोरेको हो । नेपालले सुरुआती एक गोलको अग्रता बनाए पनि नमज्जाले पराजय भोग्नु परेको हो ।

पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल खायो । नेपालको पोष्टमा गोलको बर्षा नै भयो । आदील हामिदले तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए पनि जित दिलाउन सकेनन् । बिपक्षी टिमका खेलाडीहरुले नमज्जाले नेपालको पोष्टमा गोलको लगातार बर्षा गराएका थिए ।

यस हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । यस अघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह  बी मा रहेको नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर