एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो — OSNepal

एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो

LC (KTM) April 11, 2022 0

काठमाडौँ, २८ चैत- एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो । लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

किर्गिस्तानमा आज भएको खेलमा नेपाल र ताजकिस्तानले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो । नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए । यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपालले अब मङ्गलबार समूहचरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर