ताजपुरिया समाज कल्याण परिषद्मा नयाँ नेतृत्व — OSNepal

ताजपुरिया समाज कल्याण परिषद्मा नयाँ नेतृत्व

LC (KTM) April 12, 2022 0

दमक-ताजपुरिया समाज कल्याण परिषद्को पाँचाँै महाधिवेशनले पूर्णलाल ताजपुरियाको अध्यक्षतामा १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । गौरादह–५ मैदानघोपास्थित नमूना पाहुनाघरमा सोमबार सम्पन्न महाधिवेशनले सस्थाको उपाध्यक्षमा नन्दलाल ताजपुरिया, महिला उपाध्यक्षमा कल्याणी ताजपुरिया, महासचिवमा हर्देव ताजपुरिया, उपमहासचिवमा मंगलसिंह ताजपुरिया र कोषाध्यक्षमा शैलेन्द्रकुमार ताजपुरियालाई चयन गरेको छ । यसैगरी सदस्यमा गौरसिंह ताजपुरिया, रेणु ताजपुरिया, रमा ताजपुरिया, कालेन्द्र ताजपुरिया, मनकुमार ताजपुरिया, कुन्दन ताजपुरिया र दिलीप ताजपुरियालगायत चयन भएका छन् । परिषद् पूर्वका आदिवासी ताजपुरिया समुदायको सामाजिक संस्था हो ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यमा भएको महाधिवेशनमा झापा, मोरङ र भारतको बिहार तथा पश्चिम बङ्गालबाट सहभागिता जनाएका थिए । त्यस अवसरमा परिषद्ले समाजका युवा प्रतिष्ठित व्यक्ति, जग्गादाता र संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर