संघीय लोकतान्त्रिक व्यवस्थाको माया माओवादी बाहेक अरुलाई छैन : प्रचण्ड — OSNepal

संघीय लोकतान्त्रिक व्यवस्थाको माया माओवादी बाहेक अरुलाई छैन : प्रचण्ड

LC (KTM) April 12, 2022 0

काठमाडौं २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचन आफ्नो लागि लडाई भएको बताएका छन् ।

मंगलबार आयोजित एक कार्यक्रममा सहभागी भएका उनले अरुको लागि चुनाव भएपनि आफ्नो लागि लडाई भएको बताएका हुन् । ‘यो चुनाव अरुको लागि चुनाव हो । हाम्रो लागि लडाइ हो’ प्रचण्डले भने ।

अहिलेका परिवर्तनका उपलब्धि रक्षाका लागि माओवादीले चुनाव जित्नै पर्ने बताएका उनले संघीय लोकतान्त्रिक व्यवस्थाको माया माओवादी बाहेक अरुलाई नभएको दावी समेत गरेका छन् ।

संघीय लोकतान्त्रिक माओवादीले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्नेमा उनले जोड दिएका छन् । माओवादीले ल्याएको संघीय लोकतान्त्रिक अरुलाई यो गए के हुन्छ माओवादीले ल्याएको बेठीक थियो गयो भन्ने हुन्छ ।

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन देशभर एकैचरणमा सम्पन्न हुने भएको छ ।

यो पनि …
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्ट्याउन चाहने मानिसहरु अहिले पनि छन् : प्रचण्ड

काठमाडौं २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्ट्याउन चाहने व्यक्तिहरु अहिले पनि रहेको बताएका छन् ।

मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

नेपालका लागि आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभूत गर्ने गरी विकासमा कसरी गति लिने विषयलाई महत्वका साथ हेरिनुपर्नेमा जोड दिएका प्रचण्डले एउटा प्रवृति भने संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रुचिकर नठान्ने बताएका छन् ।

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने , ‘त्यो प्रवृत्ति अहिले पनि तपाईं हामीले देखिरहेका छौँ। कुनै न कुनै रुपले यसलाई विघटन गर्ने, वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन्’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर