निर्वाचन आयोगले भन्यो- एक पदमा उमेदवारी दिँदा महिलालालाई प्राथमिकता दिनुपर्दैन — OSNepal

निर्वाचन आयोगले भन्यो- एक पदमा उमेदवारी दिँदा महिलालालाई प्राथमिकता दिनुपर्दैन

LC (KTM) April 12, 2022 0

काठमाडौ २९ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्थानीय तहको प्रमुखरउपप्रमुख र अध्यक्ष/उपाध्यक्षमध्ये एक पदमा उमेदवारी दिँदा महिला उमेदवारलाई प्राथमिकता दिनु पर्ने गरी नियम बनाएको छ ।

आयोगले लैंगिक समावेशीमैत्री बनाउन दलहरूलाई दिएको निर्देशनको बुँदा सच्याउँदै यस्तो व्यवस्था गरेको हो ।

आयोगले गत चैत २२ गते दलहरुलाई दिएको निर्देशनको बुँदामा ६ मा स्थानीय तहको प्रमुख र उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षमध्ये कुनै एक पदमा उमेदवारी दिने राजनीतिक दलले महिला उमेदवारलाई प्राथमिकता दिने निर्देशन दिएको थियो ।

एउटा पदमा उमेदवारी दिँदा महिला अनिवार्य गर्नुपर्ने प्रावधान राखिएको भन्दै दलहरूले आपत्ति जनाएकाले आयोगले पनि यो निर्देशन सच्चाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अन्यथा भएकाले सच्चाइएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर