माओवादीको भाँडो रित्तिसक्यो, अब दुई चार जना मात्र नेता छन् : ओली — OSNepal

माओवादीको भाँडो रित्तिसक्यो, अब दुई चार जना मात्र नेता छन् : ओली

LC (KTM) April 12, 2022 0

काठमाडौं २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् ।

मंगलबार आयोजित एक कार्यक्रममा सहभागी भएका उनले माओवादी कुनै पार्टी नभएको भन्दै अब बिक्रो मात्र रहेको भन्दै टिप्पणी गरेका हुन् ।

‘माओवादी कुनै पार्टी रहेन,केन्द्र रह्यो ।केन्द्र छ,अरु केही छैन’ ओलीले भने।माओवादीको भाँडो रित्तिसकेको बताएका उनले बाँकी रहेको बिक्रोलाई माओवादीले केन्द्रराखेको बताएका छन् ।

सम्बोधनमा एकिकृत सामाजवादी पार्टी अध्यक्ष माधव नेपालकमथि समेत टिप्पणी गरेका ओलीले नेपाल गुट र माओवादी कांग्रेसको जिउमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको बताएका छन् ।

दुई चार जना नेता मात्र रहेको माओवादीमा अधिकांशले पार्टी छोडेको समेत उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर