उपेन्द्र यादवका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादी प्रवेश, प्रचण्डले माला र खादा लगाएर स्वागत गरे — OSNepal

उपेन्द्र यादवका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादी प्रवेश, प्रचण्डले माला र खादा लगाएर स्वागत गरे

LC (KTM) April 12, 2022 0

काठमाडौं, २९ चैत -जनता समाजवादी पार्टी नेपालका सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टी परित्याग गरेका छन् ।जसपा नेपाल परित्याग गरेका चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रवेश गरेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच चौधरीसहित नेपाली कांग्रेस र एमाले परित्याग गर्नेलाई प्रचण्डले माला र खादा लगाएर स्वागत गरेका छन् ।

चौधरी सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई सरकारमा सहभागी गराइएको भन्दै रुष्ट बनेका थिए । उनले गठबन्धन छाड्ने चेतावनी दिएका थिए । तर, उनी मंगलबार माओवादी केन्द्र प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर