स्थानीय तह निर्वाचनको लागि एमालेले वैशाख १ गते दुई किसिमको घोषणापत्र जारी गर्दै — OSNepal

स्थानीय तह निर्वाचनको लागि एमालेले वैशाख १ गते दुई किसिमको घोषणापत्र जारी गर्दै

LC (KTM) April 12, 2022 0

काठमाडौं २९ चैत । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि वैशाख १ गते निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ ।

मंगलबार नेतहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख १ गते निर्वाचनको घोषणापत्र जारी गर्ने जानकारी दिएका हुन् ।

घोषणापत्रमा संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हेक्का राखेर जारी गरिने जानकारी गराएका छन् ।

साथै, आफ्नो पार्टीले जारी गर्ने घोषणापत्रमा दुई किसिमको हुने पनि पोखरेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर