व्यावसायिक कृषकलाई कृषि यन्त्र वितरण गर्दै नगरप्रमुख — OSNepal

व्यावसायिक कृषकलाई कृषि यन्त्र वितरण गर्दै नगरप्रमुख

LC (KTM) April 13, 2022 0

तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क– १० का व्यावसायिक कृषकलाई मिनि टिलर, प्लाष्टिक टनेल, पावर स्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि यन्त्र वितरण गर्दै नगरप्रमुख कमलप्रसाद भुसाल । सन्धिखर्क नगरपालिकाका व्यावसायिक कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरेको छ । तस्वीर ः प्रेमनारायण आचार्य÷रासस

‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै
नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रोले रु १५ हजार र तेस्रोले रु १० हजारसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन् । इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने प्रतियोगिता संयोजक शरण फागोले जानकारी दिनुभयो ।

फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक–केराबारी–आले–शहीद चोक– १० नं वडा कार्यालय–फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ । ‘स्वास्थ्यका लागि साइकल प्रयोग गरौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर