आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य — OSNepal

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य

LC (KTM) April 13, 2022 0

काठमाडौ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक लाख ९ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६सय रुपैयाँले बढेर तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ मा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको जनाइएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १४ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । त्यस्ते हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर