पाँचथरमा आफ्नै बुवा १२ बर्षिया छोरीको अस्मिताको भक्षक बनेपछि — OSNepal

पाँचथरमा आफ्नै बुवा १२ बर्षिया छोरीको अस्मिताको भक्षक बनेपछि

LC (KTM) April 13, 2022 0

पछिल्लो समय बालबालिकाहरु आफ्नै बाट असुरक्षित हुने गरेका छन् । पछिल्ला समयमा यस्ता घटनाहरु घटिरहेका छन् । यसैक्रममा पाँचथरमा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ । पाँचथरकी १२ वर्षीया किशोरी बाबुबाट बलात्कृत भएकी हुन् । सदरमुकाम फिदिम नगरपालिका ५ की पीडित किशोरी ४३ वर्षीय बाबुबाट बलात्कृत भएकी हुन् ।

यो घटना चैत २७ गते दिउँसोको हो । घरमा कोही नभएका बेला मौका छोपी बाबुले आफ्नै छोरीलाई बलात्कार गरेका थिए । किशोरीकी आमाले मंगलबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी राकेश थापाले जानकारी दिए । बलात्कारको अभियोग लागेका बाबु फरार छन् । किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर