तातोपानी नाका हुँदै तीन वटा विद्युतीय बस नेपाल भित्रिए — OSNepal

तातोपानी नाका हुँदै तीन वटा विद्युतीय बस नेपाल भित्रिए

LC (KTM) April 13, 2022 0

सिन्धुपाल्चोक, ३० चैत-तातोपानी नाका हुँदै तीन वटा विद्युतीय बस नेपाल भित्रिएको छ । साझा यातायातका ४० वटा मध्य आज तीन वटा विद्युतीय बस भित्रिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । आजै भन्सार पास गरी सडकको कारण लोडरमा राखेर राजधानी पठाइने गौतमले जानकारी दिनुभयो । तस्वीर ः देवराज सुवेदी, रासस

एमाले, राप्रपा नेपाल र परिवार दलबीच सहमति
नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ ।एमालेसँग ती दुई दलले आज अलग–अलगरूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच अलग–अलगरूपमा भएको सहमतिपत्र आज सार्वजनिक भएको हो ।

ती दलले देशभर सम्भव भएका स्थानमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका स्थानमा एमालेका उम्मेदवारलाई सघाउने एमालेसँग राप्रपा नेपाल र परिवार दलबीच जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका स्थानमा सूर्य चिह्नमा निर्वाचनमा जाने सहमति भएको हो । निर्वाचित भए पनि आफ्नै दलमा रहने पनि उल्लेख गरिएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर