सुर्य चिन्हबाट चुनाव लड्ने सहमति भएसँगै राप्रपाले माग्यो ३० स्थानीय तह — OSNepal

सुर्य चिन्हबाट चुनाव लड्ने सहमति भएसँगै राप्रपाले माग्यो ३० स्थानीय तह

LC (KTM) April 13, 2022 0

काठमाडौं ३० चैत । कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्हबाट चुनाव लड्ने भएको छ ।

एमालेको सूर्य चिह्नबाट स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति पछि अब भागबण्डा कसरी मिलाउने भन्नेबारे छलफल भइरहेको छ । छलफलको क्रममा राप्रपाले आफुलाई कम्तिमा पनि ३० स्थानीय तह चाहिने दावी गरेको छ ।

राप्रपा नेपाल बिच आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने समति भएसँगै एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले उक्त पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

फरक फरक चुनाव चिह्न हुँदा धेरै मत बदर हुने भन्दै एउटे चुनाव चिन्ह लिएर चुनावमा जान लागेको राप्रपा नेपालले जानएको छ ।

उक्त पाँच बुँदे सहमति पत्रमा भनिएको छ , ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेद्वारहरुलाई सघाउने छ। यसैगरी, एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेद्वारहरु भएको स्थानमा सघाउनेछ । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर