आईपीएलमा नवप्रबेशी टोली गुजरातको दबदबा, राजस्थानलाई हराउँदै शीर्षस्थानमा — OSNepal

आईपीएलमा नवप्रबेशी टोली गुजरातको दबदबा, राजस्थानलाई हराउँदै शीर्षस्थानमा

LC (KTM) April 14, 2022 0

नवप्रवेशी टोली गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । मुम्बईमा बिहीबार राति राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिन सफल भएको हो । गुजरातले १ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सो लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाए पछि हारेको हो । राजस्थानका लागि जोश बट्लरले ५४ रनको अर्धशतकीय इनिङ खेले । शिम्रन हिटमायरले २९ तथा रियान परागले १८ रन जोडे । जेम्स निशमले १७ तथा कप्तान सन्जु सामसनले ११ रन बनाए । गुजरातका लकी फर्गुसन र यश डायलले ३र३ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रनको स्कोर खडा गरेको थियो ।गुजरातका लागि कप्तान हार्दिक पाण्डयले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले । अभिनव मनोहरले ४३ रन जोडे । राजस्थानका कुलदिप सेन,युजभेन्द्र चाहल र रियान परागले १र१ विकेट लिए । यस जितसँगै गुजरातले ५ खेलमा ८ अंक जोडेको छ । गुजरातको यो चौंथो जित हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर