रुस संगको युद्धका कारण रोकिएको युक्रेन र स्कटल्याण्डबीचको खेल जुनमा हुने पक्का — OSNepal

रुस संगको युद्धका कारण रोकिएको युक्रेन र स्कटल्याण्डबीचको खेल जुनमा हुने पक्का

LC (KTM) April 14, 2022 0

रुस र युक्रेनको युद्धको मार खेलमा पनि परेको छ । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्डबीचको प्ले अफ सेमिफाइनल खेल आगामी जुनमा हुने भएको छ। युक्रेन र स्कटल्याण्डबीचको स्थगित खेल जुन १ मा हुने भएको हो । यस अघि युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ हुने तालिका रहेको थियो ।

तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो । रुसले युक्रेनमाथि युद्दको घोषणा गर्दै आक्रमण सुरु गरेपछि युक्रेनले स्थगित गर्न आग्रह गरेको थियो ।यस खेलको विजेताले वेल्ससँग जुन ४ मा खेल्ने तालिका रहेको छ ।विजेता टोलीले कतार विश्वकपमा स्थान बनाउने छन् । फिफा विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर